स्याङ्जामा ५७.२२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

प्रकाश डोटेल, स्याङ्जा-३२ जेठ । बिद्यार्थीका लागि फलामे ढोकाका रुपमा चिनिने प्रवेशिका अर्थात एसएलसी परीक्षामा स्याङ्जामा ५७ दशमलब २२ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालय स्याङ्जाका अनुसार उत्तीर्ण विद्यार्थीको संख्या गत बर्षको तुलनामा तीन दशमलब २२ प्रतिशतले बृद्धि भएको छ ।
slc tripulate
गत चैत्र महिनामा साचालित प्रबेशिका परीक्षामा नियमिततर्फ छ हजार सात सय ६८ परीक्षर्थि परीक्षामा सहभागी भएकोमा तीन हजार आठ सय ७३ बिद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण बिद्यार्थीमध्ये विशिष्ठ श्रेणीमा ५४ प्रथम श्रेणीमा एक हजार दुई सय ६९ द्वितीय श्रेणीमा दुई हजार तीन सय २३ र तृतीय श्रेणीमा एक सय ८३ रहेका छन् ।

परीक्षामा सहभागी भएका २८ परीक्षर्थिले प्राप्त गरेको नम्बर हराएको १२ को प्रयोगात्मक नम्बर हराएको र चार परीक्षार्थीको दोहोरो परीक्षा फारम भरेका कार्यालयले जनाएको छ । स्याङ्जाको सदरमुकाममा रहेको श्री त्रिभुवन आदर्श उच्च मावि र चिन्नेबासको जनपि्रय उच्च माविको नतिजा स्थगन भएको छ ।

त्यसैगरि पुरक परीक्षातर्फ २९ दशमलब ४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एक हजार पाँच सय ३० परीक्षार्थी परीक्षामा सामेल भएकोमा चार सय ५२ परीक्षार्थी उत्तीर्ण भएका हुन् । तीमध्ये चार प्रथम तीन सय ४३ द्वितीय र एक सय दुई परीक्षार्थी तृतीय श्रेणिीमा उत्तीर्ण हुन सफल भएका छन् भने दुई परीक्षर्थिको प्राप्ताङ्क हराएको छ ।

स्याङ्जामाा ३४ केन्द्रमा प्रबेशिका परीक्षा संचालन भएको थियो । परीक्षामा एक सय १९ सामुदायिक २९ संस्थागत खुला तर्फ एक विद्यालय र एक बेद विद्याश्रम विद्यालयका परीक्षार्थीहरु परीक्षामा सहभागि भएका थिए ।

९० दशमलव ०९ प्रतिशत परीक्षार्थी उतीर्ण गराउँदै श्री सरस्वती माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका-४ ८८ प्रतिशत सत्यदेबी मावि श्रीकृष्णगण्डकी महेन्द्र उमावि ८६ दशमलब २० खड्कालि मावि मल्याङ्कोटले ८५ र ८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउँदै कालाभैरब उच्च मावि फेदिखोला सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याएका छन् ।

सामुदायिक विद्यालय तर्फ सदरमुकामको काजीमानहरीटिका उच्च मावि सहित जनजागृती मावि चित्रे महेन्द्रज्योति मावि खिलुङ् ज्ञानोदय मावि पक्वादी र पक्वादी भाज्याङ् मावि पक्वादीले प्राप्त गरेको नतिजा नगन्य रहेको छ ।

उता संस्थागत विद्यालय तर्फ २९ विद्यालयले परीक्षार्थी सहभागि गराएकोमा ११ विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । विगतका वर्षहरुको तुलनामा संस्थागत विद्यालयले उल्लेख्य मात्रामा विशिष्ठ श्रेणीमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् ।

0 comments:

Post a Comment