प्रकाश डोटेल, स्याङ्जा ३१ जेठ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा
स्याङ्जाको आयोजना तथा रेडक्रस अन्तराष्ट्रिय समिति आइसिआरसीको आर्थिक
सहयोगमा छ दिने आकस्मिक प्राथमिक उपचार तालिम सुरु भएको छ ।
बुधबार तालिमको उद्घाटन गर्दै शाखाका कार्यबाहक सभापति लक्ष्मीकान्त
रेग्मीले युवाहरुको ब्यवहारिक जीवनमा तालिमले परिवर्तन ल्याई आपतकालिन
घटनाको जोखिम न्यूनीकरण हुने बिश्वास ब्यक्त गरेका थिए ।
तालिममा १६
महिला र नौ पुरुष गरी २५ युवाहरुको सहभागिता रहेको छ । तालिममा रेडक्रस
केन्द्रीय कार्यालयका प्रशिक्षक सुशिलराज रेग्मी केन्द्रीय सभासद् तथा
प्रशिक्षक सूर्यप्रसाद ढकाल आइसिआरसी प्रतिनिधि शशिलाल कर्ण अनिल श्रेष्ठ
लिला काफ्लेलगायतले प्रशिक्षण दिने रेडक्रस शाखा स्याङ्जाले जानकारी दिएको छ
।
तालिम उद्घाटनका अवसरमा उपसभापति भुवनबहादुर पौडेल कोषाध्यक्ष राम्जी भण्डारीलगायतका वक्ताहरुले बोलेका थिए ।
शाखाका
कार्यवाहक सभापति लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन
कार्यक्रमको साचालन लेखापाल मित्रबन्धु पौडेलले गरेका थिए भने शशिलाल
कर्णले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
स्याङ्जामा ५७.२२ प्रतिशत परीक्षार्थी उत्तीर्ण
प्रकाश डोटेल, स्याङ्जा-३२ जेठ । बिद्यार्थीका लागि फलामे ढोकाका रुपमा
चिनिने प्रवेशिका अर्थात एसएलसी परीक्षामा स्याङ्जामा ५७ दशमलब २२ प्रतिशत
बिद्यार्थी उत्तीर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालय स्याङ्जाका अनुसार
उत्तीर्ण विद्यार्थीको संख्या गत बर्षको तुलनामा तीन दशमलब २२ प्रतिशतले
बृद्धि भएको छ ।
गत चैत्र महिनामा साचालित प्रबेशिका परीक्षामा नियमिततर्फ छ हजार सात सय ६८ परीक्षर्थि परीक्षामा सहभागी भएकोमा तीन हजार आठ सय ७३ बिद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण बिद्यार्थीमध्ये विशिष्ठ श्रेणीमा ५४ प्रथम श्रेणीमा एक हजार दुई सय ६९ द्वितीय श्रेणीमा दुई हजार तीन सय २३ र तृतीय श्रेणीमा एक सय ८३ रहेका छन् ।
परीक्षामा सहभागी भएका २८ परीक्षर्थिले प्राप्त गरेको नम्बर हराएको १२ को प्रयोगात्मक नम्बर हराएको र चार परीक्षार्थीको दोहोरो परीक्षा फारम भरेका कार्यालयले जनाएको छ । स्याङ्जाको सदरमुकाममा रहेको श्री त्रिभुवन आदर्श उच्च मावि र चिन्नेबासको जनपि्रय उच्च माविको नतिजा स्थगन भएको छ ।
त्यसैगरि पुरक परीक्षातर्फ २९ दशमलब ४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । एक हजार पाँच सय ३० परीक्षार्थी परीक्षामा सामेल भएकोमा चार सय ५२ परीक्षार्थी उत्तीर्ण भएका हुन् । तीमध्ये चार प्रथम तीन सय ४३ द्वितीय र एक सय दुई परीक्षार्थी तृतीय श्रेणिीमा उत्तीर्ण हुन सफल भएका छन् भने दुई परीक्षर्थिको प्राप्ताङ्क हराएको छ ।
स्याङ्जामाा ३४ केन्द्रमा प्रबेशिका परीक्षा संचालन भएको थियो । परीक्षामा एक सय १९ सामुदायिक २९ संस्थागत खुला तर्फ एक विद्यालय र एक बेद विद्याश्रम विद्यालयका परीक्षार्थीहरु परीक्षामा सहभागि भएका थिए ।
९० दशमलव ०९ प्रतिशत परीक्षार्थी उतीर्ण गराउँदै श्री सरस्वती माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका-४ ८८ प्रतिशत सत्यदेबी मावि श्रीकृष्णगण्डकी महेन्द्र उमावि ८६ दशमलब २० खड्कालि मावि मल्याङ्कोटले ८५ र ८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउँदै कालाभैरब उच्च मावि फेदिखोला सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नतिजा ल्याएका छन् ।
सामुदायिक विद्यालय तर्फ सदरमुकामको काजीमानहरीटिका उच्च मावि सहित जनजागृती मावि चित्रे महेन्द्रज्योति मावि खिलुङ् ज्ञानोदय मावि पक्वादी र पक्वादी भाज्याङ् मावि पक्वादीले प्राप्त गरेको नतिजा नगन्य रहेको छ ।
उता संस्थागत विद्यालय तर्फ २९ विद्यालयले परीक्षार्थी सहभागि गराएकोमा ११ विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् । विगतका वर्षहरुको तुलनामा संस्थागत विद्यालयले उल्लेख्य मात्रामा विशिष्ठ श्रेणीमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् ।

Subscribe to:
Posts (Atom)