बुधबार तालिमको उद्घाटन गर्दै शाखाका कार्यबाहक सभापति लक्ष्मीकान्त रेग्मीले युवाहरुको ब्यवहारिक जीवनमा तालिमले परिवर्तन ल्याई आपतकालिन घटनाको जोखिम न्यूनीकरण हुने बिश्वास ब्यक्त गरेका थिए ।
तालिममा १६ महिला र नौ पुरुष गरी २५ युवाहरुको सहभागिता रहेको छ । तालिममा रेडक्रस केन्द्रीय कार्यालयका प्रशिक्षक सुशिलराज रेग्मी केन्द्रीय सभासद् तथा प्रशिक्षक सूर्यप्रसाद ढकाल आइसिआरसी प्रतिनिधि शशिलाल कर्ण अनिल श्रेष्ठ लिला काफ्लेलगायतले प्रशिक्षण दिने रेडक्रस शाखा स्याङ्जाले जानकारी दिएको छ ।
तालिम उद्घाटनका अवसरमा उपसभापति भुवनबहादुर पौडेल कोषाध्यक्ष राम्जी भण्डारीलगायतका वक्ताहरुले बोलेका थिए ।
शाखाका कार्यवाहक सभापति लक्ष्मीकान्त रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको साचालन लेखापाल मित्रबन्धु पौडेलले गरेका थिए भने शशिलाल कर्णले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
0 comments:
Post a Comment